भिडियो सहित हेर्नुहोस !
Advertisement
१. आहारमा ध्यान दिनुहोस्ः
हप्तामा कम्तीमा पनि तीनपटक माछाको सेवन गर्नुहोस् । यसले आँखामा ड्राइ–आई सिन्ड्रोमको समस्या टाढा रहने गर्दछ । यसका साथै पालुङ्गोको सेवन गर्नुहोस् । यो पोषक तत्वले भरिपूर्ण भएका कारण आँखाको ज्योती बढाउनमा सहयोग गर्दछ । आफ्नो आहारमा अण्डालाई पनि समावेश गर्नुहोस् किनभने यसमा पाइने ल्यूटिन र जियाक्सिाथिनले आँखाको ज्योती बढाउने गर्दछ ।
२. नियमित जाँचः यदि तपाईंको आँखाको ज्योती राम्रै छ, पढ्नमा कुनै पनि प्रकारको समस्या छैन भने पनि कम्तिमा वर्षमा एकपटक आँखाको उपचार गर्नुहोस् । यो आँखालाई स्वस्थ बनाउने सबैभन्दा राम्रो तरिका हो । यसले आँखामा हुने समस्याबाट पनि टाढा राख्दछ र यदि केही समस्या भएमा पनि समयमा नै उपचार गर्न सकिन्छ ।
३. आँखा झिम्काइरहनुस्ः आँखालाई लगातार झिम्काउनु नियमित प्रक्रिया हो । यसले आँखालाई ताजा राख्छ र आँखाको तनावबाट पनि मुक्त राख्ने गर्दछ । कम्प्युटरमा काम गर्ने मानिसहरु आफ्नो आँखालाई कम झिम्काउने गर्दैछन्, यस्ता मानिसहरुले एक सेकेन्डमा कम्तीमा पनि तीनदेखि चार पटक आँखा झिम्काउनुपर्छ ।
४. आँखाको व्यायामः आफ्नो दुबै हातलाई एक आपसमा रगड्नुहोस् र जब हात तातो हुन्छ तब त्यसलाई आँखामा राख्नुहोस् । यस्तो गर्नाले आँखाको तनाव निकै कम हुने गर्दछ । यसका साथै आँखालाई तनावबाट टाढा राख्नका लागि आँखा बन्द गरेर कुनै सुन्दर ठाउँमा भएको कल्पन गर्नुहोस् । यसो गर्नुभयो भने निकै थाकेको अवस्थामा पनि आराम मिल्दछ ।
५. पानी छर्कनुहोस्ः पानीले तपाईंको धेरैजसो समस्यालाई निदान गर्ने गर्दछ । समय–समयमा आफ्नो आँखालाई धोइरहनुहोस् । यसले आँखामा डिहाइड्रेसन कम गर्दछ भने आँखालाई स्वस्थ राख्दछ । कतै बाहिर गएर आएपछि आँखामा अवश्य पनि पानी छर्कनुहोस् ।
६. ड्राइ एयरबाट बच्नुहोस्ः आँखाको मोइस्चरलाई कम गर्ने सबै प्रकारको हावाबाट बच्नुहोस् । आफ्नो घर, अफिस अथवा गाडीको एसी प्यानललाई सधंै तल राख्नुहोस् ता कि यसको हावा सिधै आँखामा नपरोस् । ड्राइ एयरले अन्धोपन र आँखाको कोर्नियामा क्षती पुर्याउने गर्दछ ।
७. ब्राइटनेस कम राख्नुहोस्ः यदि तपाईं कम्प्युटर अथवा मोबाइलको प्रयोग बढि गर्नुहुन्छ भने त्यसको ब्राइटनेसलाई कम राख्नुहोस् । यसो गर्नाले तपाईंको आँखामा धेरै असर पर्दैन । स्क्रिनको तेज प्रकाशले आँखालाई थुप्रै असर पुर्याउने गर्दछ ।
८. सनग्लास लगाउनुहोस्ः बाहिर घाममा निस्कदाँ सधै सनग्लास लगाउनुहोस् । यसले तपाईंको आँखालाई हानिकारक किरणबाट बचाउने गर्दछ । जब तपाईं सनग्लास किन्दै हुनुहुन्छ तब त्यसमा युवी प्रोटेक्सन छ कि छैन भन्ने सुनिश्चित गर्नुहोस् ।
९. पर्याप्त निन्द्राः पर्याप्त सुत्नुहोस् यसले तपाईंको आँखाको ज्योती राम्रो बनाउने गर्दछ र तपाईंको टाउको पनि दुख्दैन । आँखा धमिलो देख्ने समस्या पनि टाढा हुने गर्दछ । यसका साथै आँखाको मांसपेशीहरुलाई पनि आराम मिल्ने गर्दछ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "आँखाको ज्योती बढाउन चाहनुहुन्छ ? यी ९ तरिका अपनाउनु भो भने तपाई चस्मा नै लगाउनु पर्दैन "
Post a Comment