भिडियो सहित हेर्नुहोस !
Advertisement
प्रचण्ड, देउवा र ओलीलाई एकाएक किन बोलाइन् राष्ट्रपतिले ? सुरक्षा प्रमुख पनि जाने
काठमाडौं, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई शीतलनिवास बोलाएकी छन् ।
मकर संक्रान्तिको उपलक्ष्यमा घ्यु, चाकु, लड्डु खुवाउन राष्ट्रपति भण्डारीले आज दलका नेताहरु र संवैधानिक निकायका प्रमुखहरुलाई सामुहिक रुपमा बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिको निम्तो मान्न मध्यान्ह २.३० बजे उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवासहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्षहरु, संबैधानिक निकायका पदाधिकारीहरु र चार वटै सुरक्षा निकायका प्रमुखहरु शितलनिवास जाने कार्यक्रम छ । यसका लागि राष्ट्रपति कार्यालयले आवश्यक तयारी गरिसकेको छ । र, सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अनाथ बालबालिकालाई भोजन
यसैबीच राष्ट्रपति भण्डारीले माघे संक्रान्तिको अवसरमै बालमन्दिरमा रहेका अनाथ र टुहुरा बालबालिकालाई आज विहान शितलनिवासमा भोज खुवाएकी छन् । शितलनिवासमा करिब २ सय बालबालिका जम्मा भएका थिए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "NEWS"
Post a Comment