भिडियो सहित हेर्नुहोस !
Advertisement
पुस, अर्घाखाँची । आर्घाखाँचीको सदरमुकाम सन्धीखर्कमा आज देखि सुरु भएको अर्घाखाँची महोत्सव उद्घाटन गर्न पुगेका माओवादीका मन्त्री र नेतालाई स्थानीय समुदयाले ढूंगामुढा गरेर लखेटेका छन् ।सरकारले ५ नम्बर प्रदेशबाट तराई र पहाड अलग गर्ने गरी संसोधन प्रस्ताव संसदमा दर्ता गराएपछि रुष्ट बनेका स्थानीय नेताको भाषणबाट थप उत्तेजित बने । कार्यक्रममा बोल्ने क्रममा माओवादी नेता डिलारामा आचार्यले ५ नम्बर प्रदेश टुक्रिए पनि देश टुक्रिन भएन भन्ने अभिव्यक्ति दिएलगत्तै स्थानीयले मंचमा ढुंगा बर्साएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका ऊर्जामन्त्री जनार्दन शर्माले बोल्ने पालो नआउँदै तनाव भएपछि उनी कार्यक्रमलाई सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । मन्त्री र नेताहरुलाई प्रहरीले जोगाएको थियो । स्थिती तनावग्रस्त भएपछि प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।(हेर्नुस् भिडियो)
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "video"
Post a Comment