भिडियो सहित हेर्नुहोस !
Advertisement
सिँचाइको उपयुक्त सुविधा प्राप्त नभए पनि कडा श्रम र मेहनतका साथ गरेको तरकारीखेतीबाट राम्रो आम्दानी लिन थालेपछि यहाँका युवाले यसतर्फ आकर्षित भएका हुन् ।
ऋण खोजेर विदेशमा आफ्नो श्रम र पसिना पोख्न बाध्य हुने नेपाली युवाका लागि स्वदेशमै सानो लगानीबाट सुरु गरेको तरकारी खेतीबाट वार्षिक रु एक लाख भन्दा बढी आम्दानी गरेर उनीहरुले सबल उदाहरण प्रस्तुत गरेका हुन् ।
खानीछाप–५ का हीराबहादुर गाहा १२ वर्ष विदेशमा श्रम र पसिना पोखेपनि अन्त्यमा स्वदेशमै तरकारी खेतीतर्फ लागे। कतारबाट फर्केपछि उनले एक रोपनी जग्गामा तरकारीखेती सुरु गरे । त्यसबाट वार्षिक रु. एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएकोे गाहाले बताए ।
विदेशमा दुःख गरी आम्दानी गर्नु भन्दा गाउँमै घरपरिवारसँग रमाउँदैं तरकारीखेती गर्न सहज भएको स्थानीय युवा बताउँछन् ।
खानीछाप– ५ का पूर्णबहादुर गाहाले पनि दुई रोपनी जग्गामा तरकारीखेती गरेका छन् । वैदेशिक रोजगारीबाट फर्केर उनले आफ्नै बारीमा काउली, बन्दा, गोलभेँडालगायतका तरकारी गरेका छन् । तरकारी उत्पादनबाट उनले सबै खर्च कटाएर वार्षिक लगभग रु. एक लाख आम्दानी गर्ने गरेको बताउँछन् । वैदेशिक रोजगारीमा गएका युवा घर फर्केर तरकारीखेती गर्न थालेसँगै गाउँमा बस्ने युवाको सङ्ख्यामा बृद्धि भएको छ ।
यहाँ उत्पादित तरकारी सदरमुकाम तानसेन, राम्दी र स्याङ्गजा जिल्लामा निकासी हुँदै आएको आदिवासी जनजाति गाउँ समन्वय समिति खानीछापाका संयोजक लक्ष्मण गाहाले बताए ।
वैदेशिक रोजगारीबाट फर्केका युवा तरकारीखेतीबाट आम्दानी गर्दै गाउँमा बस्न थालेपछि उनीहरुले सामाजिक काममा देखाएको अग्रसरताले सामाजिक विकृति रोक्नमा समेत सहज भएको स्थानीयवासीको दावी छ । रासस While many women are self conscious about their bodies, feel too fat, or don’t like certain body parts, it could be safe to say that nearly all women feel embarrassed or ashamed about their bits “down there.” They certainly don’t seem to imagine their female parts as being beautiful. But one woman decided to try and change this. Layla Martin was inspired to capture the gulf between how a woman sees her body, and the way her lover views it, so she started an unusual project. Women were invited into a photographic studio to have their vaginas photographed. Here is the touching result of her inspiration. *The feature image used for this piece has been controversial, however, it was originally used and chosen by the filmmakers. -
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै युवा"
Post a Comment