फरार अभियुक्त बालकृष्ण ढुंगेललाई पक्राउ गर्ने जिम्मा अब हिजै मात्र पक्राउ परेका सिआईबी प्रमुख डीआइजी नवराज सिलवालको हातमा - See more at:

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं । कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय दिइएका नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई जिम्मा दिएका छन् । सीआईबी प्रमुख अहिले डीआईजी नवराज सिलवाल नै रहेका छन् । आइजीपी अर्यालले ढुंगेललाई पक्राउ गरी सम्बन्धित कारागार कार्यालयमा जिम्मा लगाउन भन्दै अपराध अनुसन्धान विभागमार्फत देशैभरका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् । फरार अभियुक्त ढुंगेललाई पक्राउ गर्न देशैभरिका प्रहरी युनिटलाई परिपत्र गरिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले बताए । महानिरीक्षक अर्यालले दिएको निर्देशनमा लेखिएको छ– ‘‘अदालतको अवहेलना मुद्दामा फरार प्रतिवादी बालकृष्ण ढुंगेललाई तुरुन्त पक्राउ गर्न आवश्यक हुँदा निजलाई पक्राउ गर्न आफू र आफूमातहतका सम्पूर्ण प्रहरी संरचना परिचालन गरी सात दिनभित्र पक्राउ गरेर सम्बन्धित कारागार कार्यालयमा जिम्मा लगाई अदालतमा प्रतिवेदन पेस गर्नू ।’’ सर्वोच्च अदालतले ढुंगेललाई २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतद्वारा आठ वर्षअघि दोषी ठहर गरिएकोे भए पनि ढुंगेललाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । ढुंगेललाई माफी लिदाउन २०६८ साल मंसिर २२ गते बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर, सर्वोच्च अदालतले हत्यालगायतका जघन्य अपराधका दोषीलाई सजाय माफी दिन नहुने ठहर गरी फैसला कार्यान्वयन गर्न आदेश दिएको थियो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "फरार अभियुक्त बालकृष्ण ढुंगेललाई पक्राउ गर्ने जिम्मा अब हिजै मात्र पक्राउ परेका सिआईबी प्रमुख डीआइजी नवराज सिलवालको हातमा - See more at:"

Post a Comment