भारतीय दम्पतीलाइ नक्कली राहदानीमा चीन पठाएपछि त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थल अधिकारी पक्राउ

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौ,असार ११ | त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरुले एक भारतीय दम्पतीको नक्कली राहदानीमा प्रस्थान अनुमति(डिपार्चर) दिएको पाइएको छ । काठमाडौबाट चीनको गन्झाउ हुँदै शुक्रवार क्यानडा जान लागेका भारतीय दम्पतीलाई विमानस्थलका अध्यागमन अधिकृतले नक्कली भारतीय राहदानीमा प्रस्थान अनुमति दिएका हुन । गन्झाउ विमानस्थल स्थित अध्यागमनले ती भारतीय दम्पतीलाई भारतीय राहदानी र प्रवेशाज्ञा(भिसा) शंकास्पद भएको भन्दै फिर्ता पठाए पछि विमानस्थल अध्यागमनका अधिकारीले पक्राउ गरेको हो ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ |

पक्राउ पर्नेमा जर्नेल सिंह र उनकी पत्नी हर्जोत कउर रहेका छन् । चीनको गन्झाउ विमानस्थलस्थित अध्यामगनका अधिकारीहरुले ती भारतीय नागरिकले प्रयोग गरेको राहदानी र क्यानडाको प्रवेशाज्ञा(भिसा) नक्कली भएको भन्दै शुक्रवार फर्काइदिएको (इन्ट्री रिफ्युज) थियो । अध्यागमन कार्यालयका अधिकृतले भारतीय दम्पतीको राहदानीलाई मेसिनले ‘रिड’ गरेको दावी गरेका छन । विमानस्थल अध्यामगनका अधिकृतले भन्नुभयो, ‘मेसिनले रिड गरे पछि प्रस्थान अनुमति दिएका थियोै । हाम्रो कुनै संलग्न छैन । प्राविधि समस्या हुन सक्छ ।’


अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले गन्झाउबाट फर्काइएका दुइ भारतीयबारे अनुसन्धान शुरु गरेको वताउनु भयो । महानिर्देशक गेलालले भन्नुभयो, ‘नक्कली राहदानीमा डिपार्चर दिने अध्यामगन अधिकृत माथी समेत छानविन गछौ । प्रविधीले साथ नदिएर हो या सेटिङमा प्रस्थान अनुमति दिइएको हो यसबारे समेत विस्तृत अध्ययान थालेका छौ ।’ नक्कली राहदानी बाहक भारतीय दम्पतीलाई प्रस्थान अनुमति दिनु गम्भीर र देशको प्रतिष्ठासँग जोडिएको विषय भएको भन्दै महानिर्देशक गेलालले शनिवार अध्यागमन विभागमा वैठक डाकेका थिए ।

भारतबाटै जान छाडेर उनीहरुले किन नेपाल हुँदै क्यानडा जान खोजेका हुन भन्ने समेत शंकास्पद देखिएको छ । भारतमा कुनै आपराधिक गतिविधिमा संलग्न भएकाले उनीहरुले नक्कली भारतीय राहदानीबाट नेपाल हुँदै क्यानडा जान खोजेको हुन सक्ने एक अध्यागमन अधिकृतले बताएका छन्।

भारतीय राहदानी र क्यानडाको प्रवेशाज्ञा समेत संकास्पद देखिए पछि उनीहरुलाई गम्झाउबाट फर्काइएको विमानस्थल अध्यमगन स्रोतले वताएको छ । भारतीय नक्कली राहदानीमा विमानस्थलका अध्यागमन अधिकृतले कसरी प्रस्थान अनुमति भन्ने विषय समेत शंकास्पद देखिएको छ । अध्यागमन अधिकृतले सेटिङ वा मानवीय त्रुटीले ती दम्पतीलाइ प्रस्थान अनुमति दिएका हुन भन्ने बारे समेत विभागले छानविन थालेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "भारतीय दम्पतीलाइ नक्कली राहदानीमा चीन पठाएपछि त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थल अधिकारी पक्राउ "

Post a Comment