भारतमा रेलमा सवार १६ बर्षीय मुसलमान युवालाई ‘तँ मुसलमान होस् देशद्रोही होस्, पाकिस्तानी होस्' भन्दै विभत्स हत्या

भिडियो सहित हेर्नुहोस !
Advertisement


बीबीसी। बिहीबार एक लोकल रेलबाट दिल्ली हुँदै बल्लभगढ जाँदै गरेका एक १६ वर्षीय मुलसमान युवक जुनैद हाफिजलाई रेलमा सवार अन्य यात्रुले पिटेर मारे।

बल्लभगढ नजिकै खंदावली गाउँमा बस्ने जलालुद्दिनको परिवारमा उनका आठ बच्चा छन्। जुनैदसँग उनका भाइ हाशिम र शाकिर पनि थिए। नजिकका छिमेकी मोहसिनपनि सँगै थिए। जुनैद दिल्लीको सदर बजारबाट इदको सामान किनेर घर फर्कँदै थिए। जुनैदका भाइ हाशिमले सो घटनाबारे बीबीसीलाई यसरी बेलिविस्तार लगाएका छन्।


हामी सदरबाट रेल चढेका थियौं। हामी चढ्दा रेल पनि खाली थियो र सिट पनि खाली थिए। हामी चार जना थियौं। हामीसबै सिटमा बस्यौं। अगाडिको स्टेशन तिलक ब्रिजबाट एकजना पाको उमेरका व्यक्ति पनि चढे। उनले मेरा भाइ जुनैदलाई आफ्नोलागि सिट छोड्न आग्रह गरे। जुनैदले सिट छोडिदियो।

ओखला पुग्दा रेल खचाखच भरिएको थियो। रेलमा खुट्टा राख्ने ठाँउसमेत थिएन। ओखलाबाट २०/२५ जना रेलमा चढे। भीड भएको रेलमा चढ्दा धक्का मुक्का भयो। मेरो दाजु जुनैदलाई धक्का लाग्यो र उनी तल खसे। त्यसपछि मैले र जुनैदले किन धक्का दिएको भनेर सोध्यौं। उनीहरुले मेरो टाउकोमा टोपी देखेर सोधे, ‘तँ मुसलमान होस् देशद्रोही होस्, पाकिस्तानी होस् तिमीहरु मासु खान्छौ।’

त्यो व्यक्तिले मेरो टाउकोबाट टोपी हटायो र मेरो दारी समाउने कोशिस गर्यो। मैले रोक्ने कोशिस गरेँ, त्यसपछि हामीमाथि आक्रमण सुरु भयो। उनीहरु १०/१५ जना थिए, उनीहरुले हामी चारजना माथि आक्रमण सुरु गरे। चारजना मध्ये म सबैभन्दा ठूलो थिएँ।



अगाडिको स्टेशन तुगलकाबाद आउने बेलासम्म उनीहरुले माथिलाई पिटिनै रहे। त्यहाँबाट मैले मेरो दाजुलाई फोन गरेर सहयोग गर्न आग्रह गरेँ। मेरो दाजु बल्लभगढ स्टेशन आइपुग्नु भयो। तर हामी बल्लभगढ पुग्दापनि भीडले हामीलाई रेलबाट उत्रिन दिएन। भीडले हामीलाई रेलको भूँइमा सुताएर हामीमाथि बसेका थिए।

दाजु हामीलाई बचाउन मुश्किलले रेलमा त चढे, तर भीडले उनलाई पनि पिट्न सुरु गर्यो। बल्लभगढबाट केही मानिस रेलबाट झरे। रेल फेरि अगाडि बढ्यो त्यही बेला रेलमा भएका अन्य मानिसले चक्कु निकाले। र शाकिरलाई हान्न थाले। जुनैदले बचाउने कोशिस गर्यो। तर उनीहरुले जुनैद र मलाई पनि हान्न थाले।

जुनैदलाई उनीहरुले यतिधेरै हाने कि उनी भुँइमा ढलेका थिए। अर्को स्टेशनमा पुग्दा उनीहरुले जुनैदलाई रेलबाट बाहिर फ्याँकिदिए। त्यसपछि उनीहरु रेलको पछाडिबाट उत्रिए भने हामी प्लेटफार्ममा उत्रियौं।

त्यसपछि हामीले एम्बुलेन्सलाई फोन गर्यौं। फोन गरेको आधा घण्टापनि एम्बुलेन्स आइपुग्यो। ओखलाबाट २०÷२५ जना मानिस रेलमा चढेका थिए, तर बल्लभगढसम्म पुग्दा उनीहरुको सख्या कति थियो भन्न सक्दिन। तर ओलखाबाट रेल छुट्दा रेलको पुरै डिब्बा गैर मुलसमानले भरिएको थियो। र पुरै डिब्बामा भएमा मानिस हामी विरुद्ध एकजुट थिए। सबैले भने यी मुसलमान हुन्, देशद्रोही हुन्, यिनीहरुलाई मार।’

जुन महिनामा हामी १६/१७ घण्टा रोजा राखेका थियौं। त्यही बेला हामीमाथि आक्रमण भयो। हामीले रोजा पनि खोल्न पाएका थिएनौं।
जुन हामीलाई भयो, त्यस्तो कसैलाई पनि नहोस्। जसले हामीमाथि आक्रमण गरे, उनीहरुलाई तत्काल पक्राउ गरी कारवाही गरियोस्। हाफिज जुनैद नाम गरेको कुनै अर्को व्यक्ति वा अन्य कुनै पनि मुसलमानमाथि फेरि यस्तो घटना नहोस्। हुन सक्छ आज मुलसमान गरेको छ, भोलि फेरि कोही हिन्दूमाथि यस्तो नहोस्। फेरिपनि हिन्दू मुलसमानबीचमा झगडा नहोस्।

जुनैदका बुवा जलालुद्दिनका अनुसार जुनैद मेवातको एक होस्टलमा बसेर अध्ययन गरिरहेका थिए। रमजानमा छुट्टी लिएर उनी घर आएका थिए। घरमा उनले कुरान पढेर सुनाउने गर्थे। पुलिसले सो घटनाको कारण हालसम्म खुलाउन सकेको छैन। तर, घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। बिबिसी
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "भारतमा रेलमा सवार १६ बर्षीय मुसलमान युवालाई ‘तँ मुसलमान होस् देशद्रोही होस्, पाकिस्तानी होस्' भन्दै विभत्स हत्या "

Post a Comment