भिडियो सहित हेर्नुहोस !
Advertisement
अक्टोबर (दशैँ) सम्म पानी ल्याउने भनेको योजना यही तरिकाले जाने हो भने असम्भव भइसकेको छ’, उनले भने, ‘यसमा जिम्मेवार निकायले तत्काल ध्यान दिन जरुरी छ।’
एशियाली विकास बैंकको परियोजना समीक्षा कार्यक्रममा बोल्दै अर्थसचिव शान्तराज सुवेदीले हाल ठेकेदारले अत्यन्त ढिलो गतिमा सुरुङ खन्ने कार्य गरिरहेको बताए। ‘अक्टोबर (दशैँ) सम्म पानी ल्याउने भनेको योजना यही तरिकाले जाने हो भने असम्भव भइसकेको छ’, उनले भने, ‘यसमा जिम्मेवार निकायले तत्काल ध्यान दिन जरुरी छ।’
मेलम्चीको हेडवक्र्स, पानी प्रशोधन केन्द्र निर्माणको कार्य पनि ढिलाई भइरहेको उनले औंल्याए।
२७ किलोमिटर टनेलमध्ये अब तीन किलोमिटर खन्न बाँकी छ। टनेल खन्ने कार्यमा ढिलाई हुँदा यसअघि परियोजनाको लागत रकम वृद्धि भएको थियो। सुरुमा ठेकेदारले दैनिक ३५ मिटर सुरुङ खन्दै अाएकाेमा पछिल्ला दिनमा काममा ढिलाइ भएको हो।
शासेक पावर प्रोजेक्ट र गौतम बुद्ध विमानस्थल र पुनःनिर्माणको कार्य पनि अत्यन्त सुस्त भएको सचिव सुवेदीले औंल्याए
कार्यक्रममा बोल्दै एडिबीका उपमहानिर्देशक जिवेश शरणले ठूला आयोजनाहरु मेलम्ची, गौतमबुद्ध विमानस्थललगायतका आयोजनाहरुमा अत्यन्त सुस्त गतिमा काम भइरहेको जनाए।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "इटालियन कम्पनीद्वारा सुरुङ खन्न ढिलाई, मेलम्चीको पानी दशैँमा नआउने"
Post a Comment