भिडियो सहित हेर्नुहोस !
Advertisement
हजारौं सहभागी मगर संघ यूकेको ओपन कन्सर्टमा तेरियाले नेपाली, हिन्दी गीतमा एकल र सामूहिक नृत्य देखाएर दर्शक मन जितिन् ।
फार्नबोरोस्थित ओपन कन्सर्टमा उनलाई यूकेका स्थानीय कलाकारहरुले पनि साथ दिए ।उक्त कन्सर्टमा नेपालबाट आएका कलाकारहरु जमुना राना, गगन पुन, जानकी ताराकीमगर र राजु ढकालले एकल तथा सामूहिक गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिलाए । बेलायतमै रहेका कलाकारहरु मधुसुदन थापामगर, सञ्जय लाफामगर र क्याप्टेन वीरबहादुर थापामगरले पनि गाएका थिए ।
बेलायतमा मगर संघ यूकेले वर्षेनी खुल्ला मैदानमा कन्सर्ट गर्दै आएको छ । कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै तेरियाले नेपाली दर्शकको माया र आयोजकप्रति आभार व्यक्त गरिन् । नृत्य प्रशिक्षणमा व्यस्त तेरिया भविष्यमा पनि नेपाल र नेपालीलाई गर्व हुने काम गर्ने बताउँछिन् ।
पहिलोपटक यूके आउँदा जाडो मौसमले त्यति घुम्न नपाएकी तेरिया यसपाली घुमघाम, भेटघाट र सपिङमा व्यस्त छिन् । तेरियाले बुद्ध वृद्धाश्रम च्यारिटीमा समेत आफ्नो कला देखाइन्
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "Teriya Magar Live Concert in UK 2017 | Dancing Queen - See more at: http://www.osnepal.com/319251#sthash.2FfU8QjK.dpuf"
Post a Comment