भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, २० चैत । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीन जनाको मृत्यु भएको छ । बाँके, मोरङ र खोटाङमा गरी तीनजनाको मृत्यु भएको हो ।
आजको राजधानी दैनिकमा खबर छ– नेपालगन्जमा म्यादी प्रहरी छनोटका क्रममा दौड परीक्षा दिएका बाँके बैजापुर–१ का २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकप्रसाद राईका अनुसार, शनिबार दिउँसो लिइएको दौड परीक्षा पूरा गरेको केही समयमा थारुको मृत्यु भएको हो ।
दौड पूरा गरेपछि रिंगटा लागेर उनी ढलेका थिए । त्यसक्रममा मुखबाट फिँज आएपछि उपचारका लागि स्थानीय भेरी अञ्चल अस्पताल पु¥याएको केही क्षणमै उनको मृत्यु भएको थियो ।
यसैगरी, म्यादी प्रहरीमा छनोटमा पर्न दौडने क्रममा बेहोस भएर ढलेका खोटाङको केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरका २४ वर्षीय किशोरकुमार निरौलाको पनि शनिबार साँझ मृत्यु भएको छ । दिक्तेलस्थित हस्पिटलचोकबाट हल्छेढुंगासम्म दौडने क्रममा बीच बाटोमा ढलेका निरौलालाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ पु¥याइएको थियो । राससका अनुसार अस्पतालमा उपचार हुँदाहुँदै करिब दुई घन्टापछि उनको मृत्यु भएको हो ।
यस्तै, विराटनगर–१६ का तुलसी राजवंशीको पनि दौडने क्रममा लडेर मृत्यु भएको प्रहरी नायव महानिरीक्षक रमेश भट्टराईले जनाकारी दिए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "म्यादी प्रहरी तालिममै गयो तीनजनाको ज्यान"
Post a Comment