भिडियो सहित हेर्नुहोस !
Advertisement

काठमाडौं २१ चैत्र – चितवनको नारायाणघाट–मुग्लिन सडक खन्डमा पर्ने घुमाउने भन्ने स्थानमा सडक माथिबाट पहराे खसेर केही गाडीलाई पुर्दा हालसम्म एकजनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सल्यानका रेशराज राना रहेका छन् ।
काठमाडौंतर्फ जाँदै गरेको ग१०ख ४८४४ नम्बरको मोटरसाइकलमा छोरा सन्दीपसंगै रानासवार थिए । मोटरसाइल पुरिंदा छाेरा सन्दीप पनि घाइते भएका छन्, उनलाई उपचारको लागि भरतपुर लगिएको छ ।
सडकमा सवारी साधन गुडिरहेका बखत एक्कासि माथि पहाडबाट पहिरो खस्दा एउटा ट्याङ्कर, एउटा ट्रक, एउटा मिनी ट्रक र एउटा कारलाई पुरेको हो। अरु पाँच वटा मोटरसाइकल पनि पुरिएको बताइएको छ। पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ।
ठूला ठूला चट्टानसहितको पहराे खसेर पुरिएको ना६ख ६६६४ को ट्रकलाई झिकिएको छ भने ना४ख ५४१९ नम्बरको ट्याङकर र रा१ख ७७९ नम्बरकाे मिनिट्रक पुरिएको स्थानबाट झिक्ने कोशिस भइरहेको छ ।
पहराे झरेपछि सवारी आवागमन ठप्प भएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "मुग्लिन–नारायणगढ सडकमा पहिरो खस्दा एक जनाको मृत्यु, ९ सवारी साधन पुरिए"
Post a Comment