भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं । उपत्यकाको चार विनायक मध्ये एक चावहिल अवस्थित चन्द्र विनायक पनि एक हुन् । चन्द्र विनायकाको दर्शन गर्नाले बालबालिका तथा अन्य उमेर समूहका मानिसको शरिरमा आएको घाउ खटिरा निको हुने जनविश्वास रहि आएको छ । मानव शरिरमा हुने विभिन्न किसिमका एलर्जीबाट मुक्त पाउनका लागि चन्द्र विनायकामा दर्शन गर्ने गर्दछन् ।
हन त गणेश हाम्रा शुभमंगलका प्रतीक हुन् । हामीले गर्ने जुनसुकै कार्य आरम्भ गर्नुअघि गणेश भगवानको पूजा तथा आरधना गरिन्छ । कार्य सम्पन्न गराउने गणेशका पनि नाम अनुसारका विश्वासहरु फरक फरक छन् । कार्य विनायकले आफूले गराउने कार्य सिद्ध गराउने, सूर्य विनायकको दर्शनले नबोलेका बालबालिका बोल्ने गर्दछन् भन्ने जनविश्वास रहि आएको छ । गणेशहरुमा पनि जल विनायकाको भने छुट्टै महत्व र पौराणिक पृष्ठभुमी छ । जलमग्न काठमाडौं उपत्यकाको पानी हिन्दुधर्म अनुसार भगवान विष्णुको चक्रले र बौद्ध धर्मअनुसार मञ्जुश्रीले खड्गले काटेर बाहिर फालिसकेपछि जल विनायकको स्थापना गरिएको धार्मिक किम्बदन्ती छ ।
चन्द्र विनायकको दर्शनले मानिसमा समय समयमा लाग्ने संक्रमणकालीन रोगबाट मुक्ति मिल्ने जनविश्वास रहि आएको छ । अहिले पनि टाढा टाढादेखिका भक्तजनहरु घाउ खटिरा आएमा तथा कुनै रोगव्याधीले सताएमा यस मन्दिरमा आएर दर्शन गर्ने गर्दछन् ।
पहिला हा पहिला गणेश यस मन्दिरमा कार्तिकमा मनाइने ‘धुनि जगाउने’ जात्रा काठमाडौंको महत्वपूर्ण जात्रा मानिन्छ । यस क्षेत्रकै ठूलो पर्वका रूपमा रहेको नेवार समुदायमा प्रचलित यस जात्रा नेपाल संवत ८०० र ८०४ देखि भुपालेन्द्र मल्लकै पालाबाट मनाउन थालिएको इतिहास तथा संस्कृतिविद्हरूको ठम्याई छ ।
चन्द्र विनायक लाग्ने जात्रा
कात्तिक पूर्णिमादेखि कात्तिक कृष्णपक्षको तृतियासम्म काठमाडौंको चाबहिल गणेश मन्दिरमा हरेक वर्ष ४ दिन मनाइने चन्द्रविनायक तथा भैरवनाथको जात्राको पहिलो दिन कात्तिक पूर्णिमाको साँझ मन्दिर परिसरमा ठूलो धुनि बाल्ने गरिन्छ । जसलाई ताप्दा स्वास्थ्यलाभ र पुण्यलाभ मिल्ने धार्मिक मान्यता रहँदै आएको छ ।
यसै दिन चाबहिल, कुटुवहालमा शाक्यहरूले कुल देवताको पूजागरी त्यहाँ रहेको जम्बक राजा (स्याल देवता) को प्रस्तर मूर्तिलाई भातले मोडी पूजाआजा गरेर मूर्तिका अगाडि धुनि जगाई रातभर जाग्राम बस्ने चलन रहँदै आएको छ । त्यस्तै जात्राको दोस्रो दिन गणेश र भैरवको रथहरू सजाउने र साँझ जात्रा सम्बन्धी विशेष पूजा गर्ने गरिन्छ ।
सिन्दूर जात्राको रूपमा पनि चर्चित यस जात्राको तेस्रो दिनलाई मूख्य दिनका रूपमा मनाउँदै आएको छ । उक्त दिन विहान चन्द्रविनायक र भैरवनाथको खटहरू सरसफाई गर्ने, साँझ साँस्कृतिक द्वारेले पूजा गर्ने, गुठियारहरूले गजुर, गणेश र भैरवनाथको प्रतिमा ल्याई रथारोहण गराउने गरिन्छ । त्यस्तै सोही दिन बेलुकी द्वारेद्वारा गणेश र भैरवको रथमा सिन्दूर चढाएपछि स्थानीय बाजागाजा सहित गणेश र भैरवको उठाउने र नचाउने प्रचलन छ । यस दिन रातभर रथहरूलाई मन्दिर वरपरका घर तथा चोकहरूमा राखेर पूजाआजा गर्ने गरिएको स्थानियवासीहरू बताउँछन् । जात्राको अन्तिम दिन रथहरूलाई विभिन्न चोक र स्थानहरूको परिक्रमा गराई राति द्वारेले गणेश र भैरवको मूर्तिमा पुनः सिन्दूर चढाई विधिवत रूपमा जात्राको समापन गर्ने गरिन्छ । यसैदिन जात्रा समापन गर्न दिनभर सिन्दूर जात्रा गर्ने प्रचलन रहि आएको जात्रा समन्वय समितिले
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "WOUND HEALING SCAB GANESH CHANDRA VINAYAK"
Post a Comment