उत्तर कोरियाले दानविय रुप देखाउँदै चरम यातना दिएपछि छाडिएका अमेरिकी युवकको ज्यान गयो

भिडियो सहित हेर्नुहोस !
Advertisement


एजेन्सी- उत्तर कोरियाको कारागारमा १५ महिना जेल जीवन बिताई केही दिन अघि मात्र रिहा भएका अमेरिकी बिद्याथीको मृत्यु भएको छ ।

वार्मबियर नाम गरेका ति अमेरिकी बिद्यार्थी लाई गत बर्षको जनवरीमा उत्तर कोरियाको प्रचार चिह्न चोरेको भन्दै पक्राउ गरी जेल हालिएको थियो । मुद्दाको सुनुवाइपछि उनलाई १५ बर्षको जेल सजायँ तोकिएको थियो ।

तर जेलमा रहेका बेला उनले निद्रा लाग्ने औषधिको अत्याधिक सेवन गरेपछि दिमागमा असर परी कोमामा पुगेका उनलाई केही साताअघि मात्र रिहा गरि अमेरिका पुर्याइएको थियो ।तर अमेरिका पुगेपछि उनको उपचारकै क्रममा मृत्यु भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

उत्तर कोरियाको क्रूर व्यवहारको आलोचना गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शोक ब्यक्त गरेका छन् र आफू मर्माहत भएको उल्लेख गरेका छन् ।

भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "उत्तर कोरियाले दानविय रुप देखाउँदै चरम यातना दिएपछि छाडिएका अमेरिकी युवकको ज्यान गयो"

Post a Comment