भिडियो सहित हेर्नुहोस !
Advertisement
कोहलपुर (बाँके), ५ असार । रोकिराखेको ट्रकमा ठोक्किएर आज एकजनाको मृत्यु भएको छ भने दुईजना सामान्य घाइते भएका छन् ।
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैयामा ना ५ ख ९१८१ नं को रोकिरहेको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ९ च ५९४७ नं को कार ठोक्किँदा नेपालगन्जका २७ वर्षीय अमन किदवाइको मृत्यु भएको इलाका प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
मृतक अमन यस क्षेत्रका चर्चित शल्य चिकित्सक डा यम किदवाइका छोरा हुन् । दुर्घटनामा डा बिमर्श अधिकारी र डा आसिम किदवाई सामान्य घाइते भएका छन् । घाइतेको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "रोकिराखेको ट्रकमा कार ठोक्किँदा चर्चित शल्य चिकित्सकका छोरा अमनको मृत्यु, "
Post a Comment