आजको राशिफल – बि.स.२०७४ आषाड ०६ गते । मंगलबार । ईश्वी सन् २०१७ जुन २० तारिख । नेपाल सम्बत् १९३७ । - See more at:

भिडियो सहित हेर्नुहोस !
Advertisement


बि.स.२०७४ आषाड ०६ गते । मंगलबार । ईश्वी सन् २०१७ जुन २० तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरयण । ग्रीष्म ऋतु । श्रीशाके १९३९ । आषाड कृष्ण पक्ष । तिथि एकादशी,३३ घडि ०५ पला,बेलुका ६ बजेर २४ मिनेट उप्रान्त द्धादशी । नक्षत्र अश्विनि १७ घडि ३७ पला, दिउँसो १२ बजेर १३ मिनेट उप्रान्त भरुणी । योग अतिगण्ड २५ घडि २१ पला,दिउँसो ३ बजेर १८ मिनेट उप्रान्त सुकर्मा । करण वव, बिहान ७ बजे २७ मिनेट उप्रान्त वालब,बेलुका ६ बजेर २४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा अमृत योग । चन्द्रराशि मेष । योगिनि एकादशी व्रत । बिश्व शरणार्थि दिवस ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट, सूर्यास्त बेलुका ०७ बजेर ०१ मिनेट जादा । दिनमान ३४ घडी ३६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुँनेछ । निर्णय क्षमतामा बृद्धि हुँनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँने तथा भोग बिलाशमा समय बित्नेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

शुभ अंक — १,७ शुभ दिशा — उत्तर

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने तथा औषधि उपचार खर्च बढेर जाने योग रहेको छ । अग्रजहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुँनेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुँनेछ । समयको सहि सदुपयोग नगर्नाले दुख पाईनेछ भने तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुँनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् ।

शुभ अंक — २,३ शुभ दिशा — पुर्व

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुँनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ । दाजुभाई तथा बुवाबाट आर्थिक सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — उत्तर

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ भने लामो समयदेखि भेटघाट नभएका साथिभाई तथा ईष्टमित्रसँग भेट हुँने हुँदा मन प्रशन्न रहनेछ । नयाँ नयाँ काम पाउँने तथा नोकरिमा राम्रो स्थानमा स्थानान्तरण हुँने गतिलो सम्भावना रहेकोछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुँनेछ । कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुँनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

शुभ अंक — ४,५ शुभ दिशा — पुर्व

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,ट) बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुँनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिन हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुँनेछन् । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । धार्मिक अनुष्ठान तथा मन्दिरमा गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापारमा लगानि गरि प्रशस्त नाँफा कमाउँन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मन खुसि रहनेछ ।

शुभ अंक — ५,६ शुभ दिशा — दक्षिण

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) रुपैया पैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्नेछ । आर्थिक ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुँनेछन् भने नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ । शेयर बजार तथा बित्तिय सस्थामा गरिएको लगानि भने फस्टाएर जानेछ । बाटो हिड्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । माया प्रेममा मन परेको मानिस सँग घटपट हुँन सक्छ ध्यान दिनुहोला । घर परिवारमा आउँने समस्याले व्यापार व्यावसायमा लगानि गर्ने बाताबरण खस्केर जानेछ ।

शुभ अंक —३,७ शुभ दिशा — पुर्व

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ । रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । ब्याबसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर ठाउँहरुको अवलोकन गर्ने अवसर प्राप्त हुँनेछ ।

शुभ अंक — ४,७ शुभ दिशा — दक्षिण

शुभ रंग — प्याजी कार्य सद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले मन प्रशन्न हुँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप देखिन सक्छ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ ।

शुभ अंक — ४,८ शुभ दिशा — पश्चिम

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुँनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा भरपुर सहयोग हुँनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुँनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् ख्याल गर्नुहोला । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुँनेछ । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुँने हुँनाले मन बिचलित हँुनेछ । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ ।

शुभ अंक — २,६ शुभ दिशा — पश्चिम

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुँनेछ भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुँनेछन् । समय तपाईकै पक्षमा रहने तथा आर्थिक ब्याबस्थापनका पाटाहरु मजभुत हुँने हुँनाले जविन शैलिमा उल्लेख्य सुधार आउँनेछ ।

शुभ अंक — ३,८ शुभ दिशा — उत्तर

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । नयाँ प्रकृतिको काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ भने जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुँनेछन् । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — ४,९ शुभ दिशा — पश्चिम

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी

नवयूग ज्योतिष परामर्श सेवा केन्द्र

चाबहिल, काठमाडौं

फोन न. ९८५११७८४५९

- See more at: http://www.osnepal.com/321339#sthash.fOyVB1Vu.dpuf
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "आजको राशिफल – बि.स.२०७४ आषाड ०६ गते । मंगलबार । ईश्वी सन् २०१७ जुन २० तारिख । नेपाल सम्बत् १९३७ । - See more at:"

Post a Comment