भिडियो सहित हेर्नुहोस !
Advertisement
बिहे, पार्टी, फोटोसुट, म्युजिक भिडियो, फिल्म, फेसन सो आदिमा मेकअप आर्टिस्टहरूले राम्रो काम र अवसर पाइरहेका छन् । कुनै जमानामा मायाज ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर सूर्यविनायक, भक्तपुरकी गीता गिरी लुकी–लुकी मेकअप आर्टिस्टको काम गर्न जान्थिन् । नर्स बनाउने सपना बोकेका उनका बुबाले ‘छोरी बिग्रिई, हजाम बन्ने भई, समाजमा मुख देखाउनै नहुने भयो’ भन्दै आपूmलाई कुरा सुनाउने उनी बताउँछिन् । तर, अहिले नाम चलेका मेकअप आर्टिस्टमा गनिन्छिन्, गीता । उनको टे«निङ सेन्टरमा हरेक महिना २० देखि २५ जना मेकअप आर्टिस्टको कोर्स गर्न आउँछन् । ‘काठमाडौँका मात्रै होइन, सुर्खेत, स्याङ्जा, तनहँु, नेपालगञ्ज आदि थुप्रै ठाउँबाट मेकअप आर्टिस्टको कोर्स गर्न आउँछन्,’ उनी भन्छिन् ।
दुई÷अढाई घण्टा मेकअप गरेबापत १५ देखि २० हजार रुपैयाँ कमाउने गीता बताउँछिन् । ‘हरेक किसिमको मेकअप गर्न जान्दछु । ड्राम्याटिक मेकअप चाहिँ अलि गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘यो मेकअप फिल्ममा बढी प्रयोग हुन्छ । यसमा काटिएको घाउ वा खत बनाउनुपर्छ । सिक्दै जाँदा यो पनि मज्जाले गर्न सकिन्छ ।’
बढ्दो आकर्षण
बिहे, पार्टी, फोटोसुट, म्युजिक भिडियो, फिल्म, फेसन सोलगायत विभिन्न अवसरमा अहिले मेकअप आर्टिस्टहरू निकै जम्न थालेका छन् । त्यसैले आजभोलि धेरै युवायुवती यसतर्फ आकर्षित भएका छन् । ममता गुरुङ र उषा न्यौपाने नेपालगञ्जबाट काठमाडौँ मेकअप आर्टिस्टको कोर्स गर्न आएका हुन् । मायाज ब्युटिपार्लर एन्ड टे«ेनिङ सेन्टर सूर्यविनायक, भक्तपुरमा उनीहरू तालिम लिइरहेका छन् । ‘स्कुल पढ्दादेखि नै अरूका जागिरभन्दा आफ्नै काम गर्ने सोच थियो । मेकअप आर्टिस्टमा राम्रो अवसर देखर यतातिर लागेँ,’ ममता गुरुङ भन्छिन् ।
आफू पनि राम्री हुने र अरूलाई पनि राम्री बनाइदिने पेशामा लाग्न पाउँदा उषा न्यौपाने पनि दंग छिन् । भन्छिन्, ‘आफूमा भएको सीप कसैले खोसेर लादैन । यो त बढ्दै जाने हो ।’ भविष्यमा मेकअप आर्टिस्ट भएर काम गर्ने र साथसाथै ट्रेनिङ सेन्टर पनि खोल्ने सोच उषा र ममताले बनाएका छन् ।
बेरोजगार बस्नुपर्दैन
काठमाडौँ, बानेश्वरको राज मेकअप स्टुडियो एन्ड ट्रेनिङ इन्स्टिच्युटका मेकअप आर्टिस्ट राज पाण्डे मेकअप आर्टिस्टको करिअर राम्रो भएको बताउँछन् । विभिन्न सुन्दरी प्रतियोगितामा आफूले मेकअप गर्ने राज बताउँछन् । ब्राइडल मेकअप र फोटोसुटका लागि पनि उनले मेकअप गर्ने गरेका छन् । ‘मेकअप आज चाहिने, भोलि नचाहिने भन्ने हुँदैन । यो सदाबहार चाहिने कुरा हो । मेकअप आर्टिस्टले बेरोजगार बस्नुपर्दैैन । त्यसैले आजभोलि मेकअप आर्टिस्टको माग बढ्दो छ,’ उनी भन्छन् ।
राम्ररी सिकेर काम गरे यस पेशाबाट जीवन सजिलै धान्न सकिने राज बताउँछन् । मेकअप आर्टिस्टले मेकअपका साथसाथै विभिन्न प्रकारका हेयर स्टाइल सिक्दा थप फाइदा हुने उनको अनुभव छ । ‘मेकअप अर्टिस्टको कोर्स तीनदेखि चार महिना गरे पुग्छ । तर, यो क्षेत्र भनेको जति ग¥यो उतिकै जान्ने भइने क्षेत्र हो,’ उनी भन्छन् ।
नाम पनि, दाम पनि
फ्रिल्यान्सर भएर काम गर्दै आएकी मेकअप आर्टिस्ट सिर्जना कार्कीले पनि यो क्षेत्रमा राम्रो करिअर देखेकी छिन् । आठ वर्षयता यसै क्षेत्रमा सक्रिय सिर्जना आफ्नो कामबाट सन्तुष्ट भएको बताउँछिन् । ‘नयाँ–नयाँ मान्छेसँग भेट हुन्छ । सम्पर्क बढ्छ । रमाइलो पो हुन्छ त,’ उनी भन्छिन्, ‘अहिले म्युजिक भिडियो, फिल्म धमाधम बन्न थालेका छन् । मोडलिङमा लाग्नेले फोटोसुट त्यस्तै गर्छन् । साधारणदेखि सेलिब्रिटी सबैलाई मेकअप गर्नुपर्छ । त्यसले मेकअप आर्टिस्टलाई जताततै अवसरैअवसर छ ।’
क्यानडाबाट केही वर्षअघि मेडिकल ब्युटिसियनको कोर्स गरेर नेपाल फर्किएकी द ब्युटी बार, नक्सालकी इच्छा कार्की यस क्षेत्रमा राम्रो करिअर देखेर नै यतातिर लागेको बताउँछिन् ।
नयाँ बजार काठमाडौँको रिफ्रेस ब्युटी केयर एन्ड ट्रेनिङ सेन्टरकी मेकअप आर्टिस्ट गंगा श्रेष्ठलाई भ्याईनभ्याई हुन्छ । १६ वर्षदेखि मेकअप आर्टिस्ट भएर उनले काम गरिरहेकी छिन् । ‘मेकअप आर्टिस्ट भएपछि पार्लरमा मात्रै कुरेर बस्नुपर्दैन । विभिन्न इभेन्टमा गएर काम गर्न सकिन्छ,’ उनी भन्छिन् । मेहनती र लगनशील मेकअप आर्टिस्टले मासिक ६० देखि ७० हजार सजिलै कमाउने उनी बताउँछिन् ।
नक्सालको सीटीईभीटी स्कुल अफ ब्युटिसियनकी रुष्का वैद्य श्रेष्ठ पनि यस क्षेत्रमा लाग्न चाहनेले निर्धक्क भएर यो पेशामा लाग्न सुझाउँछिन् । १४ वर्षदेखि मेकअप आर्टिस्टको काम गरिरहेकी रुष्का भन्छिन्, ‘मेकअप आर्टिस्ट हुँदा काम, नाम र दाम सबै छ यस क्षेत्रमा ।
मेकअप आर्टिस्टमा राम्रो सम्भावना देखेर डेजी नेल आर्ट सञ्चालन गरेकी धरान–१०की तरुना राईले घरमै मेकअप स्टुडियो खोलिन् । धरानमा मेकअप आर्टिस्टका रूपमा परिचित उनलाई अहिले भ्याईनभ्याई छ । ‘फेसन सो, म्युजिक भिडियो र फोटोसुटमा मेकअप गर्छु,’ उनी भन्छिन्, ‘आधुनिक तरिकाले मेकअपलाई मात्र फोकस गर्न सक्यो भने यसमा भविष्य राम्रो छ ।’
इटहरीकी मनिता तामाङ बेहुली सिंगार्न मेकअप आर्टिस्ट बोलाउने चलन बढेको बताउँछिन । ‘आजभोलि बिहे, पार्टीमा जाँदा पार्लरभन्दा मेकअप आर्टिस्टको नै खोजी हुन थालेको छ,’ उनी भन्छिन्, ‘मेकअपबाटै महिनाको ६० हजारदेखि डेढ लाख रुपैयाँसम्म कमाउन सकिन्छ ।’
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "मेकअप आर्टिस्ट शृंगारमा छ भविष्य"
Post a Comment