भिडियो सहित हेर्नुहोस !
Advertisement
उदय श्रेष्ठ, इन्सट्रक्टरपछिल्लो समय शहरमा जिम क्लब धाउनेको संख्या बढ्दो छ । ज्यान बनाउनकै लागि जिम धाउने धेरै भए पनि स्वस्थ रहनका लागि जिम जानेहरू पनि बढेका छन् । यस्ता छन् जिम जानुका फाइदाः
तौल घटाउँछ
शहरी क्षेत्रमा मोटोपन अहिले एउटा समस्याको रूपमा देखिएको छ । यसबाट मुक्ति पाउने उपायमध्ये जिम पनि एउटा हो । नियमित जिममा शारीरिक अभ्यास गरेर पसिना बगाउँदा शरीरमा रहेको बोसो घट्छ । जति धेरै अभ्यास गरिन्छ त्यति धेरै शरीरमा जम्मा भएको बोसो घट्दै जान्छ । शारीरिक व्यायामले मोटोपन बढ्नबाट रोक्छ । अनि तौल पनि नियन्त्रणमा राख्छ ।
स्वस्थ राख्छ
जिम गएर नियमित व्यायाम गर्दा शरीर बन्ने मात्रै होइन, स्वस्थ पनि रहन्छ । व्यायामले शरीरमा रहेको अनावश्यक कोलेस्ट्रोललाई घटाउने काम गर्छ । , त्यस्तै, कार्डियोेभास्कुलरसम्बन्धी रोगको जोखिमलाई पनि घटाउँछ । नियमित अभ्यासले मधुमेह, क्यान्सरलगायत रोग लाग्ने जोखिमलाई पनि कम गर्छ ।
तनाव कम गर्छ
नियमित अभ्यास तनाव घटाउने गतिलो माध्यम हो । शारीरिक क्रियाकलापले मस्तिष्कका धेरै रसयानलाई सक्रिय बनाउँछ, जसबाट खुशी र आनन्द भइन्छ । तनाव घट्दै जान्छ ।
आनन्दको अनुभूति गराउँछ
जस्तोसुकै तनावमा भएको मान्छेले पनि शारीरिक अभ्यास गरेपछि खुशीको अनुभव गर्छ । यो ‘इन्ड्रोरफिन’ भन्ने रसायनका कारणले हुन्छ । तनाव, डिप्रेसनबाट पीडित भएकाहरूलाई चिकित्सकले औषधिभन्दा अभ्यासका लागि सिफारिस गर्छन् ।
आत्मविश्वास बढाउँछ
जिममा व्यायाम गर्दा राम्रो देखिने बनाउने मात्रै होइन राम्रो अनुभवको पनि विकास गर्छ । यसले आत्मविश्वास पनि बढाउँछ ।
निद्रा लगाउँछ
निद्राको समस्या भएकाहरूले जिममा गएर प्रशस्त अभ्यास गर्नुपर्छ । नियमित शारीरिक अभ्यासले छिटो र गहिरो निद्रा लगाउन सघाउँछ । राम्रोसँग निद्रालागे पछि ‘फ्रेस’ अनुभव पनि हुन्छ ।
शक्ति बढाउँछ
व्यायाम र शारीरिक अभ्यासले शरीरका तन्तुमा अक्सिजन र पोषण पु¥याउँछ । जसले गर्दा कार्डियोभास्कुलर प्रणालीले अझ प्रभावकारी रूपमा काम गर्छ । मुटु र फोक्सोले प्रभावकारी रूपमा काम गरेमा शरीरको काम गर्ने शक्ति बढ्छ ।
कुलत नियन्त्रण गर्न सघाउँछधूम्रपान, मद्यपानजस्ता कुलत पछिल्लो समय समाजका लागि ठूलो समस्या बन्दै गएका छन् । कुलतबाट मुक्ति पाउने उपायमध्ये अभ्यास पनि एक हो । नियमित अभ्यासले लागुपदार्थ, रक्सीजस्ता कुलतबाट ध्यान अन्तै केन्द्रित गरिदिन्छ । जुन कुलत नियन्त्रणका लागि सहयोगी हुन्छ ।
यौन क्षमता बढाउँछ
जिम गएर नियमित शारीरिक अभ्यास गर्ने महिला र पुरुषको यौन क्षमता वृद्धि हुने धेरै अध्ययनले देखाएका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "जिम गर्नुका फाइदा"
Post a Comment