भिडियो सहित हेर्नुहोस !
Advertisement
सिनियर राष्ट्रिय टोलीका कप्तान विराट कोहलीसँग सम्बन्ध बिग्रिएपछि कुम्बलेले यसअघि नैं पदबाट राजीनामा दिने घोषणा गरिसकेका थिए ।
च्याम्पियन्स ट्रफी क्रिकेट सकिएलगत्तै उनले राजीनामा दिएका हुन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईले असमझदारी हटाउने प्रयास गरेपनि कुम्बलेले पद छाड्नुलाई नैं उत्तम बिकल्प मानेका हुन् ।
पूर्व लेग स्पिनर कुम्बलेको प्रशिक्षण शैलीप्रति असन्तुष्ट कोहलीले निरन्तर आलोचना गर्दै आएका थिए ।
कुम्बलेको राजिनामासँगै विश्वकै सबैभन्दा धनी खेलकुद संस्था बिसिसिआईले नयाँ प्रशिक्षकको खोजी सुरु गरेको छ ।
उता भारत पाकिस्तान क्रिकेट म्याचको दौरान राष्ट्रियता विरोधी गतिविधि गरेको आरोपमा १६ जना पक्राउ परेका छन् ।
पाकिस्तानको जितमा उत्सव मनाएको र भारत विरुद्ध नारावाजी गरेको आरोपमा मध्य प्रदेशबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई राज्य बिप्लवको मुद्दा लगाईएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "भारतले च्याम्पियन्स ट्रफी क्रिकेटमा पराजय ब्यहोरेपछि मुख्य प्रशिक्षकले दिए राजीनामा"
Post a Comment